Skip to content

Latest commit

 

History

History
24 lines (17 loc) · 2.85 KB

File metadata and controls

24 lines (17 loc) · 2.85 KB
chapter अध्याय २
pageNumber १०

अध्याय २

आधारभूत कुराहरू

यस पहिलो अध्यायमा हामी प्रोग्रामिंग र जाभास्क्रिप्ट भाषाको आधारभूत कुरा सिक्नेछौं।

प्रोग्रामिंगको अर्थ कोड लेख्ने हो। पुस्तक अध्याय, अनुच्छेद, वाक्य, शब्द र अन्तमा विराम चिह्न र अक्षरहरू मिलेर बनेको हुन्छ, त्यस्तै प्रोग्रामलाई पनि साना र साना कम्पोनेन्टहरूमा टुकराउन सकिन्छ। अहिलेको लागि, सबैभन्दा महत्त्वपूर्ण एक स्टेटमेन्ट हो। Statement स्टेटमेन्ट एक पुस्तकमा एक वाक्यको रूपैगी छ। आफैमा संरचना र उद्देश्य छ, तर वरपर अन्य स्टेटमेन्टहरूको सन्दर्भ बिना यो अर्थपूर्ण छैन।

स्टेटमेन्ट मतलब सामान्य गरी लाइन अफ कोड हाे। त्यो किनभने स्टेटमेन्ट भिन्नभिन्न लाइनहरूमा लेखिएको हुन्छ। त्यस्तै, प्रोग्रामहरू माथिबाट तल पढिन्छ, बाँयाबाट दायाँ। तपाईं अझै पनि कोड(सोर्स कोड) के चाहि हो त भनेर सोच्दै हुनुहुन्छ होला। त्यो एउटा व्यापक शब्द हो जसले सम्पूर्ण प्रोग्राम वा सानो भागलाई जनाउन सक्छ। त्यसकारण, कोडको लाइन नै तपाईंको प्रोग्रामको लाइन हो।

यहाँ एक साधारण उदाहरण छ:

let hello = "Hello";
let world = "World";

// Message equals "Hello World"
let message = hello + " " + world;

यो कोडलाई इन्टपरपरेटर भनिने अर्को प्रोग्रामद्वारा एक्जिक्युट(execute) गर्न सकिन्छ जसले कोड पढ्छ, र सही क्रममा सबै स्टेटमेन्टहरू एक्जिक्युट गर्दछ।